छोराको जन्म दिनको अवसरमा शिक्षक जप्रेलले थलि नौविस युवा संजाललाई आर्थिक रकम हस्तान्तरण – थलारा खबर

सेयर गरौं

शिवजी मण्डेल , बझाङ, मंसिर ९

बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिकामा रहेको थली नौविस युवा संजाललाई छोराको जन्म दिनको अवसर पारी नगद रकम हस्तान्तरण गरिएको छ ।
दुर्गाथली गाउँपालिका ५ घर भएका समाजसेवी मजखोरी माध्यमिक विद्यालयका गणित विज्ञान शिक्षक तथा युवा संजालका उपाध्यक्ष गजेन्द्र जप्रेलले मंसिर ५ गते आफ्नो छोरा यमनको पहिलो जन्म दिनको अवसर पारी ५ हजार नगद हस्तान्तरण गरेका हुन् ।

२०७६ सालमा विकास निर्माण शिक्षा खेलकुद क्षेत्रको उत्थान गर्ने उदेश्यले देउसी भैलो खेली स्थापना गरिएको थली नौविस युवा संजाललाई शिक्षक तथा उपाध्यक्ष जप्रेलले हालसम्म १६ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् ।

थलारा खबर संग कुरा गर्दै संजालका अध्यक्ष धनशेर बुढाले भने थली नौविस क्षेत्रका विकास निर्माण शिक्षा खेलकुद क्षेत्रको उत्थान गर्नका साथै नौविस क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको पहिचान संरक्षण तथा प्रवर्द्धन र विकासमा सहयोग पुर्याउने उदेश्यले युवा संजालको गठन गरिएको हो उनले भने । नौविस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्द्धन विकासमा पहलकदमी चालिने र नौविसका क्षेत्रका हरेक पर्यटकीय ठाउँहरूलाई विश्वसामु चिनाउने अभियानमा निरन्तर लागिरहेको उनलेे बताएका छन् ।

युवा संजालले देउसी भैलो खेली र दुर्गा देवी मन्दिर निर्माणका लागि आर्थिक अभियान सञ्चालन गरि विभिन्न ठाउँ व्यक्तिबाट २२ लाख रुपियाँ रकम जम्मा गरेको थियोे ।

उक्त संजालले दुर्गा देवीको मन्दिर निर्माण गरिसकेको छ ।
१८ लाखको लागतमा छबिस पाथिभेरा गाउँपालिका ६ स्थित थलि जिउलामा मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ भने मन्दिरको हवन कुण्ड बनाउने कार्य भइरहेको अध्यक्ष बुढाले बताए ।
हवन कुण्ड बनाउका लागि २० लाख रुपैयाँ सम्म लाग्ने अनुमान गरिएको छ । रकम संकलन गरिरहेको र अहिले आर्थिक अवस्था कमजोर भएकाले विभिन्न संघसंस्था व्यक्तिबाट सहयोगको अपेक्षा गरेको उनलेे बताउनुभयो ।
अहिले युवा संजालमा मन्दिर निर्माण गरि जम्मा ४ लाख रुपियाँ रकम बाँकी रहेको छ ।

हालसम्म सबैभन्दा बढी युवा संजाललाई दुर्गाथलि गाउँपालिका ७ बस्ने सुरेश दौल्यालले १, लाख १, हजार १, सय ११ रुपियाँ र छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ४ का अम्मर राज खत्रीले १ लाख १ रुपियाँ चन्दा स्वरुप आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।
युवा संजाल छबिस पाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिका दुबै स्थानीय तहका व्यक्ति मिलेर स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338