७ माघ २०८१, सोमबार
कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुल्यो – थलारा खबर
कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
उनलाई लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ ।
भने आक्रोसित स्थानीयले ट्रकमा आगजनी गरेका छन् । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1