बझाङको थलारामा गाउँपालिका स्तरीय बाल अधिकार समिति गठन -थलारा खबर

सेयर गरौं

बझाङ थलारा / मंसिर १०,
बझाङको थलारा गाउँपालिकामा गाउँपालिका स्तरीय बाल अधिकार सुनिश्चितताका लागि समिति गठन गरिएको छ ।युएमएन (UMAN) र प्रगतिशील परियोजनाको पहलमा उक्त बाल अधिकार समिति गठन गरिएको हो । थलारा गाउँपालिका उपाध्यक्ष गंगुदेवी खडायतकारो अध्यक्षतामा १५ सदस्यीय बाल अधिकार सुनिश्चितता समिति गठन गरिएको छ ।

समितिमा थलारा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष धर्मराज भट्ट वडा नम्बर ३ का अध्यक्ष गणेशराज जोशी वडा नम्बर ४ का अध्यक्ष विष्णु बहादुर बिष्ट वडा नम्बर ५ का अध्यक्ष दिर्घराज जोशी वडा नम्बर ६ का अध्यक्ष अनिलकुमार बिष्ट र वडा नम्बर ९ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रतिनिधि मोहनराज जोशी रहनुभएको छ ।

त्यसैगरी बाल क्लबबाट प्रविन उपाध्याय गमना गिरी स्वस्तीका ओली स्वास्थ्य संस्था प्रतिनिधि जुनु ऐर पत्रकार महासंघ प्रतिनिधि पदम खड्का शिक्षा संयोजक राइभान ओली दलित प्रतिनिधि तथा कार्यपालिका सदस्य श्याम सुनार इलाका प्रहरी कार्यालय प्रतिनिधि र प्रगतिशील युवा समाजका प्रतिनिधि रहनेगरी उक्त समिति गठन गरिएको हो ।

समिति गठन पूर्ण बाल अधिकार सम्बन्धि १ दिने अभिमुखि करण गोष्ठी समेत गरिएको थियोे । गोष्ठी थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायको अध्यक्षतामा र प्रगतिशील युवा समाज सिकाइ परियोजना संयोजक राजेन्द्र खड्काको सञ्चालनमा भएको थियोे । कार्यक्रममा युएमएन (UMAN) का परियोजना व्यवस्थापक पाण्डव रसाइलीले अभिमुखि करण गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339