१२ माघ २०८१, शनिबार
बझाङको थलारा ३ धामीगाउँमा खानेपानीको चरम अभाव – थलारा खबर
बझाङ थलार मंसिर १०,
बझाङको थलारा गाउँपालिका वडा नम्बर ३ धामी गाउँमा पानीको चरम अभाव भएको छ । गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल वर्षका कारण खानेपानीका ट्याङ्की र पाइपलाइन मा पहिरो जाँदा खानेपानी अवरुद्घ भएपछि पानीको चरम अभाव हुनथालेको हो । स्थानीय राम धामीले भने खानेपानीको पाइपलाइन सुचारु नहुँदा मानिस र चौपायाका लागि पानीको अभाव भएको छ ।
पुरानो खानेपानीबाट सञ्चालित पानी बन्द भएको र निर्माणाधीन ग्वाना सिमल्लेख धामी गाउँ खानेपानीको काम पनि बन्द रहेकाले झन् समस्या भएको धामीले बताउनुभयो । तत्काल खानेपानी उपभोक्त समिति र जलस्रोत व्यवस्थापन परियोजनाले त्यसतर्फ ध्यान दिनुपर्ने स्थानीयको भनाइ रहेको छ । अहिलेसम्म वर्षाका कारण निस्केको मुलको पानीले काम चलाई रहेको भएपनि अहिले मुहान सुक्दै गएपछि समस्या झन बढेको स्थानीय बासिन्दाले बताए ।
अहिलेसम्म पानीको समस्या भएको तर कुनै संघसंस्था र सरोकारवालाको ध्यानाकर्षण नभएको स्थानीयको गुनासो रहेको छ । पानीको अभाव थलारामा मात्रै होइन बझाङका अधिकांश ठाउँमा भएको छ । गत कार्तिक पहिलो साताको अविरल वर्षाले कतै गाउँ बस्ती बगायो त कतै पानीका मुहान बगायो भने जग्गा जमिन बगरमा परिणत भएँ ।