काँग्रेस अधिवेशन दार्चुलामा दुई समुहबिच झडप , केही घाइते – थलारा खबर

सेयर गरौं

नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थल दार्चुला विकास सङ्गठनको हल नजिक झडप भएको छ। सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबिच झडप भएको हो।

अमरसिंह धामी पक्षका एक नेताका अनुसार बोहरा पक्षले धामी पक्षका कार्यकर्ताहरूलाई मतगणना स्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको हो।

झडपमा धामी पक्षका केही कार्यकर्ताहरू घाइते भएका छन्। घाइते हुनेहरूमा राजेन्द्र विष्ट, सुरेश विष्ट, बसन्त बहादुर साउँद लगायत रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको स्रोतले बताएको छ। तीन जनालाई बढी चोट लागेको र झन्डै एक दर्जन कार्यकर्ता घाइते रहेको बताइएको छ।

नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको हो।जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338