७ माघ २०८१, सोमबार
दार्चुलाको लेकम गाउँपालिकाको एम्बुलेन्स दुई पक्षीय सम्झौतामा छोडियो – थलारा खबर
दार्चुलाको लेकम गाउँपालिकाको एम्बुलेन्स दुई पक्षीय सम्झौतामा छोडिएको छ । गाउँपालिकाको सु.प.प्र ०२००१च ८५० नम्बरको एम्बुलेन्समा मदिरा ओसारपसार गर्ने, स्थानीय बिरामीबाट बढी भाडा लिने,लुकिछिपि बिरामी बाहेकका अन्य यात्रुहरुलाई बोक्ने गुनासो आएपछि नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले नियन्त्रणमा लिएको एम्बुलेन्स दुई पक्षिय सम्झौता पछि बिहीबार छोडिएको हो ।
अबदेखि बढी भाडा नलिने,मदिरा ओसारपसार नगर्ने,बिरामी बाहेकका अन्य यात्रुहरुलाई नबोक्ने र गैरजिम्मेवारी ढंगबाट एम्बुलेन्स सञ्चालन नगर्ने दुई पक्षिय सम्झौतापछि एम्बुलेन्स छोडिएको नेपाल कम्युनिष्ट पार्टी विप्लवका लेकम गाउँपालिका इन्चार्ज भुवन जोशीले बताए ।
एम्बुलेन्स मंगलबार राती १० बजे मालिकार्जुन गाउँपालिका- ४ ऐरिछानाबाट विहेको सामान बोकिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । रासस