कार्यक्रम मुक्तक सागरको य‍ो शृङ्खलामा वाचन भएका टप १० मुक्तकहरू – थलारा खबर

सेयर गरौं

मुक्तक
(१)
आफैले आफैलाई महान सम्झन्छन् अचम्म लाग्छ ।
झुत्रे झाम्रेहरु पनि हिरो बन्छन् अचम्म लाग्छ ।
आफ्नै बारीको सुन्तला टिपेर खान नसक्नेले ।
आकाशको जुनतारा झार्छु भन्छन् अचम्म लाग्छ ।

छवि किरण अधिकारी बागचौर नगर पालिका 10 पिपलनेता सल्यान

(२)
कस्तो यो मान्छेको चोला खबर छैन अझै ।
जिन्दगी भयो बगरकै खोला खबर छैन अझै ।
पुर्णिामाको रात झै ज्योति छर्छु भन्थ्यो हिजो ।
आज मर्यो कि जिउँदै होला खबर अझै।

ललित अभागी ,सुनकोसी 5 सिन्धुली

(३)
नयाँ जीवन पाउला भनी परदेश आएको हु ।
घरको छानो छाउला भनी परदेश आएको हु ।
बिहान बेलुका गुजारा त गाउँ घरमै चलिराथ्यो ।
धनपैसा कमाउला भनी परदेश आएको हु।

Krrish japrel
दुर्गा थली गाउँ पालिका वडा नं 5 भलाने बझाङ नेपाल

(४)
यो मुटु अनि छाती भित्र आमा राखेको छु ।
हेर देवता सम्झेर पवित्र आमा राखेको छु ।
हजुरले मलाई टुहुरो बनाइ एक्लो छोडे पनि ।
मैले बाटोमा बनाएर चित्र आमा राखेको छु।

गंगाराम बुढा मगर
मुसिकोट 10 रुकुम पश्चिम ।

(५)
बढ्दै छ अझै क्रम घटाउन के गर्नुपर्ला ।
सधै सबै एकै घरमा अटाउन के गर्नुपर्ला ।
सल्लाह सुझाव राय केही भए दिनुहोस् ।
छुवाछूत छाउ प्रथा हटाउन के गर्नुपर्ला।

जगत थापा
थलारा 2 बझाङ

(६)
कताकता यो मन छुन्छ चित्त नदुखाउ ।
गरेपनी माया नगरे झै हुन्छ चित्त नदुखाउ ।
पागल भए बिपना पनि सपना जस्तै लाग्छ ।
सम्झी सम्झी यो मन रुन्छ चित्त नदुखाउ।

कपिल बाबु कवि
शैल्री शिखर न पा 6 दार्चुला

(७)
मै हु सबथोक मै हु भन्छन आफ्नो इलाकामा ।
कमजोरीको खेदो खन्छन आफ्नो इलाकामा ।
थाहा भयो अहम्ताको।पर्दा खोलेपछि उसले ।
कुकुर पनि शेर बन्छन आफ्नो इलाकामा ।

सुनिता चौलागाईं मण्डनदेउपुर
5 काभ्रे

(८)
छिमेकीले तलाई मार्छु भनिरहेको बेला ।
जिउँदै गाड्छु भनी खाडल खनी रहेको बेला ।
म कहाँ न्याय माग्न जाउ दोधारमा परेको छु ।
अदालत नै रनभुमी बनिरहेको बेला।

अभिराज खाती अन्जान

(९)
आउछन ती याद हरु घटाइदिन हुन्थ्यो ।
मागेपछि पार्सल गरि पठादिन हुन्थ्यो ।
घोच्छे पोल्छे मुटुभित्र डेरा गरि बसेकी छे ।
मिल्थ्यो भने मुटु बाटै हटाइदिन हुन्थ्यो ।

एकान्तप्रेमी अनमोल भण्डारी ए. बि सागर पुर्चौडी नगर पालिका 2 महादेवस्थान बैतडी

(१०)
मान्छेले जस्तो गरि बोल्न घाँटी कस्नु परेको छैन ।
यी स्वार्थी मान्छेहरुको।जालमा फस्नु परेको छैन ।
त्यो कालो काग त्यस कारण धेरै खुसी देखिदो हो ।
सुन्दर सुगाले जस्तै पिजडामा बस्नु परेको छैन।

सुनिल प्रसाद देवकोटा नाना जि कटहरी गा पा 6 मोरङ

मुक्तक छनोट संयोजक :- काजल न्यौपाने
रेडियो कार्यक्रम मुक्तक सागर परिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212