७ माघ २०८१, सोमबार
नेकपा माओवादी केन्द्र छबिस पाथिभेरा गाउँपालिकाको प्रथम सम्मेलन सुरु – थलारा खबर
बझाङ , मंसिर १३
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) छबिस पाथिभेरा गाउँपालिका प्रथम गाउँ सम्मेलन सुरु भएको छ । कार्यक्रम नेकपा माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष पदम बहादुर मण्डेलको सभापतित्वमा ब्याँसीमा सुरु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मराज बिक विशिष्ट अतिथि संबिधान सभा सदस्य जनक बुढा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य अम्मराज भण्डारी लालबहादुर थापा कविता बिष्टले बुढा नेकपा माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज बसन्त चलाउने नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य लोकेन्द्र धामी (निर्मल) छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मोहनलाल विक लगायत अतिथि रहनु भएको थियोे । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि विकले शब्द वाचन बाट गर्नुभएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका गाउँ कमिटी अध्यक्ष पाण्डप थापाले शुभकामना मन्तव्य दिनुभएको थियोे , अन्य पार्टीका नेता कार्यकर्ताको र माओवादी केन्द्रका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे ।
आजको यस सम्मेलन बाट गाउँ कमिटी नयाँ नेतृत्व समेत चयन हुनेछ ।