नेकपा माओवादी केन्द्र थलारा गाउँपालिकाको प्रथम पालिका सम्मेलन सम्पन्न , अध्यक्षमा पदम खड्का चयन – थलारा खबर

सेयर गरौं

बझाङ , मंसिर १५
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) थलारा गाउँपालिकाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गाउँ कमिटी अध्यक्षमा सर्वसम्मत पदम खड्का चयन गरेको छ । थलारा गाउँपालिका थलारा खोलीमा मंगलबार भएको प्रथम पालिका अधिवेशनबाट खड्काको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको हो ।

कमिटीको अन्य पदाधिकारीमा उपाध्यक्ष धर्मराज भट्ट विष्णु ,बिष्ट महिला उपाध्यक्षमा रेखा देवी विक सचिवमा प्रकाश भण्डारी ,सहसचिवमा कमला साउँद कोषाध्यक्षमा दुर्गा बुढा भण्डारी चयन भएका छन् ।

निवर्तमान नेकपा माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष धर्मराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज देवराज रेग्मी , प्रदेश विषेश कमिटी सदस्य रतन सिंह विशिष्ठ अतिथि रहनु भएको थियो ।
नेकपा माओवादी केन्द्रका प्रदेश जिल्ला कमिटी सदस्य जनवर्गीय संगठनका अध्यक्ष सहिद परिवार विभिन्न पार्टीका प्रतिनिधि लगायतका अतिथि रहनु भएको थियोे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212