बझाङको थलारा गाउँपालिका ४ डिख्लाका बाढीपहिरो पीडितलाई राहत वितरण – थलारा खबर

सेयर गरौं

बझाङको थलारा गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ ।
सुर्मा देवी समाज र याक नेपालको सहकार्यमा थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लाका बाढीपहिरो पीडितलाई १ लाख २५ हजार राहत रकम वितरण गरिएको हो

शनिबार केदारस्युँ गाउँपालिका ९ झोतामा सुर्मा देवी समाजका अध्यक्ष दिल बहादुर खातीको अध्यक्षतामा र थलारा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १८ जना मृत्यु भएका कलक सार्कीलाई ७५ हजार, ५ जना मृत्युु भएका नरबहादुर पार्कीलाई २५ हजार नगद राहत वितरण गरिएको छ ।

त्यस्तै घर पुर्ण रुपमा क्षति भएका कलक बहादुर साउँदलाई ५ हजार लोकेश बिष्टलाई ५ हजार लक्ष्मी बिष्टलाई ५ हजार भगवती बिष्टलाई ५ हजार बिर्पल बिष्टलाई ५ हजारका दरले राहत वितरण गरिएको सुर्मा देवी समाजका अध्यक्ष खातीले बताउनुभयो । उहाँका अनुसार आजै छबिस पाथिभेरा गाउँपालिकाको बगडगाउँ र खप्तडछान्ना गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ ।

गत असोज ३० देखि कार्तिक ३ सम्म आएको बेमौसमी अविरल बर्षाका कारण बाढीपहिरो जाँदा कलक सार्कीका १८ जना र नर पार्कीका ५ जना परिवारको मृत्यु भएको थियो । भने ५ परिवारको घरपूर्ण रुपमा क्षति भएको थियोे ।

बाढीपीडितका कारण ज्यान गुमाएका २३ जना मध्य अहिलेसम्म ४ जनाका मात्रै शव फेला परेको मृतकका परिवारले बताएका छन् । अन्य बेपत्ता भएकाको सरकारले मृत घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212