रेडियाेकाे स्टेसन म्यानेजर हु भन्दै ठगी गर्ने बैतडीका एक युवा पक्राउ – थलारा खबर

सेयर गरौं

पवन बोहरा बझाङ
रेडियाेकाे स्टेसन म्यानेजर हु भन्दै ठगि गरिरहेका बैतडिका एक युवा पक्राउ परेका छन ।

उनलाइ सनिवार बझाङको रायल प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैतडीको पुचौडि नगरपालिका वडा नं ८ लामुनिका वर्ष १६ का सत्यप्रकाश जोशी रहेका छन । दार्चुला को रेडियो लिपुलेक लगायत बझाङ क्षेत्रका रेडियोहरुको म रेडियो को कर्मचारी हु भन्दै विज्ञापनको पैसा उठाउदै आईरहेका थिए । त्यसै क्रममा रेडियो केदार एफ एम बझङको पैसा माेवाईमा मार्फत उठाएको प्रमाणका आधारमा रेडियो केदार एफ एमले रायल प्रहरी चौकी देउरा बझाङमा उजुरी दर्ता गराएको थियो । सोहि उजुरीको आधारमा रायल प्रहरी चौकीले हिजो साझ पक्राउ गरेर बझाङ ल्याईएको रेडिया केदार एफ एम का अध्यक्ष धनराम बोहराले जानकारी दिनु भयो ।

उहाको ९८२४६६२३६५ मा ८०० रिचार्ज र ९८६०१५५११८ मा २३५३ रुपयाँ रहेको खुल्न आएको छ । अहिले उनलाई रायल प्रहरी चौकीमा राखिएको छ । उनले ठगि गरेको पैसा तिराएर एक चोटिलाई आममाफि दिने र आईन्दा यस्तो कार्य गरे कानुन बमोजिम कार्वाही गर्ने गरि निर्णय भएको रायल प्रहरी चौकीका असई धन सिंह बडालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1356