२६ कार्तिक २०८१, सोमबार
बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गयो – थलारा खबर
बाजुरामा आइतबार साँझ अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि बुढिगंगा नगरपालिकास्थित जनप्रभात आधारभुत विद्यालयका पूर्व प्रधानाध्यपक खगेन्द्र पाध्याय र बुढीगंगा नगरपालिका वडा नम्बर १ घर भएका नेकपा एमाले बुढीगंगा नगर कमिटी सदस्य प्रकाश नेपाली रहेका छन्।
बडिमालिका नगरपालिका–७ सुवाकाँधमा अटो दुर्घटना भएको हो। प्रहरीका अनुसार पाध्याय र नेपालीको घटनास्थलमै मृत्यु भएको थियोे । २ जना सामान्य घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।
अटोरिक्सा चालक बुढीगंगा- १ अम्कोटका हेमराज पाध्याय फरार रहेको प्रहरीले जनाएको छ।सदरमुकाम मार्तडी देखि जडाङगा तिर जादै गरेको अटो साँझ ५ बजेर ३० मिनेटमा दुर्घटना भएको जनाएको छ। अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिको किनारमा परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।