१२ माघ २०८१, शनिबार
थलारा गाउँपालिकामा नवीकरण उर्जा प्रबिधि सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न – थलारा खबर
थलारा गाउँपालिकामा नवीकरण उर्जा प्रबिधि सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पञ्चवर्षीय योजना बोकेको सिड नेपाल र जीआइजेठ (Giz) को सहकार्यमा नवीकरणीय उर्जा सुधारीएको सफा चुल्होमा पहुँच अनुदान विद्युतमा पहुँच अनुदान सामुदायिक र संस्थागत सिचाइमा पहुँच अनुदान र उत्पादन मुलक उर्जा प्रयोगका बारेमा जनप्रतिनिधिसँग अभिमुखिकरण गरिएको हो ।
स्थानीय तहको योजनामा नवीकरणीय उर्जा मुलप्रबाहीकरण कार्यक्रमले थलारा गाउँपालिकाका ९ वटै वडा तथा कार्यक्रम सञ्चालन हुने पालिकाका सबै वडामा आधारभूत सर्वेक्षण तथा उर्जाको अवस्था पहिचान गर्ने भएको छ । पालिकाका सबै वडामा आधारभूत सर्वेक्षण उर्जाको अवस्था पहिचान गरिसकेपछि स्थानीय तहलाई पालिका उर्जा योजना बनाउन लगाइने सिड नेपालकी कार्यक्रम संयोजक मेनु श्रेष्ठले बताइन् ।
उक्त कार्यक्रम पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने बताइएको छ
संयोजक श्रेष्ठका अनुसार यो कार्यक्रम बझाङको थलारा गाउँपालिका छबिस पाथिभेरा गाउँपालिका र बुङ्गल नगरपालिकामा सञ्चालन हुनेभएको छ , भने सुदूरपश्चिमका २० वटा पालिकामा पञ्चवर्षीय नवीकरणीय उर्जा मुलप्रबाहीकरण कार्यक्रम सञ्चालन हुनेभएको छ ।