बैतडीमा सोमबार साँझ जीप दुर्घटना , चालक घाइते अवस्थामा फेला – थलारा खबर

सेयर गरौं

सोमबार साँझ बैतडीमा जीप दुर्घटना हुँदा फरार भएका चालक घाइते अवस्थामा फेला परेका छन्। बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका जीप चालक खेमराज पाण्डे गएराति घाइते अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ।

दुर्घटनामा परी सुर्नया गाउँपालिका वडा नं ४ का २ जना र पाटन नगरपालिका वडा नं १ सकारका ३ जना गरी ५ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी घाइते भएका ५ जना यात्रु मध्ये २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।
पाटन नगरपालिका १ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईको डडेल्धुरामा उपचार भइरहेको हो।

सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ।  यस्तै मृतक ५ जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1348