सरकारले वैकल्पिक विधिबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना गर्ने – थलारा खबर

सेयर गरौं

दार्चुला मंसिर २१ / सरकारले विवादित क्षेत्र दार्चुलाको कालापानी र लिपुलेकको वैकल्पिक विधिबाट जगणना गर्ने भएको छ ।  कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसकेपछि सरकारले वैकल्पिक विधि स्याटलाइटको प्रयोग गर्ने भएको हो ।

सरकारले वैकल्पिक माध्यामका रुपमा स्याटलाइटको सहारा लग्ने भएको छ । सो माध्यामबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना बनाएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देश डाक्टर हेमराज रेग्मीले बताउनुभयो । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी तयारी गरिरहेको छ ।

विभागका अनुसार उक्त क्षेत्रको कुटी, नाभी र गुञ्जी क्षेत्रमा मात्रै मानिसको बसोवास रहेको छ भने करिब तीन सय घरधुरी रहेको उक्त क्षेत्रमा ७÷८ सय जनसङ्ख्या रहेको अनुमान गरिएको छ । कालापानी र लिपुलेक क्षेत्रमा २०१८ सालमा यता जनगणना गरिएको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1358