नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु – थलारा खबर

सेयर गरौं

देशभर पछिल्लो २४ घण्टामा ११ हजार ८ सय १० जनाको कोरोना परीक्षण गर्दा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट २ जनाको मृत्यु भएको छ। 

योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४५ जना पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, ३ सय ४ जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357