१२ माघ २०८१, शनिबार
बझाङका चार पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा , सुर्मा र मष्टालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीको माग – थलारा खबर
सरकारले बझाङको थलारा गाउँपालिका वित्थडचिर गाउँपालिका खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै जिल्लाका चार यी स्थानीय तहलाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हो ।
विपद्ले क्षति पु-याएको जनाउँदै तत्काल जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् । नेपाली काङ्ग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई सङ्कटग्रस्त क्षेत्र घोषणा आग्रह गर्नुभएको छ ।
विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा क्षतिको आँकलन ,पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1