बझाङमा जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना , प्रथम पुरस्कार २० हजारको खसी

सेयर गरौं

बझाङमा जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुनेभएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ मण्डेल स्पोर्ट्स क्लब छबिस पाथिभेरा गाउँपालिका ७ घट्टे मजखोरीले पुरुष खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

उक्त क्लबले मंसिर २५ गतेदेखि २७ गते दिउँसो १२ बजेसम्म टिम दर्ता मिती तोकेको छ, भने टिम दर्ता शुल्क ३ हजार ३ सय रहेको छ । खेल २८ गतेबाट सञ्चालन हुने आयोजकले आयोजक कमिटीका सुन्दर मण्डेलले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार २० हजार मुल्य बराबरको खसी द्वितिय पुरस्कार १५ हजार मुल्य बराबरको बोका आयोजक कमिटीका गोरख मण्डेले बताएका छन् ।

म्यान अफ द म्याच सिरिजको व्यवस्था रहेको छ ।
खेल छबिस पाथिभेरा गाउँपालिका ७ किला चौरमा हुने मिलन मण्डेलले थलारा खबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212