७ चैत्र २०८१, शुक्रबार

बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क आँखा शिविर बस्ने
राजेन्द्र साउँद बैतडी / मंसिर २६ , बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा यहिँ पौष १ र २ गते निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा बझाङको बित्थडचिर गाउँपालिका मा रहेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा शिविर सञ्चालन हुने एक सूचना जारी गर्दै देउलेख प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।
२ दिन सम्म चल्ने शिविरमा आँखाका रोगिहरूको निशुल्क अप्रेसन तथा निशुल्क औषधी उपचार र चस्माको आवश्यकता भएका हरुलाई विशेष छुटको साथ उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1