१२ माघ २०८१, शनिबार
बझाङको लेकगाउँ स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
बझाङ / मंसिर २६
बझाङको छबिस पाथिभेरा गाउँपालिका ६ मा रहेको लेकगाउँ स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेभएको छ।
मेरी स्टोप नेपाल बझाङको आयोजनामा लेकगाउँ स्वास्थ्य चौकी बिसौनाचौर शिविर सञ्चालन हुने भएको हो ।
स्वास्थ्य चौकीले एक सूचना जारी गर्दै पौष ५ गते एकदिने स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी दिएको छ।
एकदिने शिविरले परिवार नियोजन अस्थाई साधन सम्बन्धि
आइयुसिडि, ,इम्पलान्ट, डिपो , कण्डम पिल्स ,सेवा सुरक्षित गर्भपतन सेवा पाठेघरको मुखको जाँच तथा उपचार गरिने सूचनामा उल्लेख गरिएको छ।
साथै यौन रोग प्रजनन् स्वास्थ्य सम्बन्धि चेकजाँच तथा उपचार आङ खस्ने महिलाहरूको चेकजाँच तथा उपचार र स्वास्थ्य सम्बन्धि सम्पूर्ण परामर्श सेवा दिइने स्वास्थ्य चौकी प्रमुख देउपाल जप्रेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1