१८ दिन सम्म अचेत अबस्थामा रहेका बिरामी लाई कानुन मन्त्री पुर्णा जोशीद्दारा उद्दार

सेयर गरौं

आशिष बहादुर सिंह , धनगढी

रुख बाट लडेर घाइते भई १८ दिन देखि अचेत अवस्थामा बिरामी लाई कानुन मन्त्री पुर्णा जोशिको पहलमा उद्दार गरिएको छ ।
हाल सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको उनका आफन्तले बताएका छन ।

नवदुर्गा गाउपालिका वडा ३ डडेल्धुरा बस्ने नन्द राज जोशी कि धर्मपत्नी ३५ बर्षकी सुनिता जोशीको उपचारको सहयोगका लागि आजै मन्त्रालयमा बैठेक बसेर उनको खर्च ब्यबस्थापन गर्ने मन्त्री जोशीले बताउनुभयो ।

एक जना उनका आफन्तले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा लेखेको उनको पीडा देखेपछी उनलाई तुरुन्तै उद्दार गरेको मन्त्री जोशिले बताउनुभयो । धेरै जसो सार्वजनिक पद धारण गरेका मान्छेहरु ले यो पोष्टलाइ पढेर नजर अन्दाज गरेपनि सो पोष्ट पढेर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय पूर्णा जोशी ज्यू ले भने सो घटना प्रति चासो राख्नु भयो र आफन्त लाई फोन गर्नु भयो । उनका आफन्त लाई उहाँले प्रक्रियागत ढँगले सबै डकुमेन्टहरु ल्याएर मन्त्रालय आउनुस र गर्न सकिने सहयोग को लागि तयार रहेको कुरा जानकारि गराएपछी पिडितका आफन्त खुसी छन ।

प्रचलित नियम कानुनको अधिनमा रहेर विरामिलाई आवश्यक सहयोग गर्ने वचन दिएर पुरा गर्नुभयो । जनताको दुखमा पनि तपाईं सँगै हामी छौँ , हाम्रो सरकार छ भनेर विश्वास गरिव र असाहय जनतालाई दिलाउन सकियो भने राज्य र जनता विचको दुरी बढ्दैन । जुन कुरा माननीय मन्त्रि ज्यू को प्रतिवद्धताले हामीलाई आभाष भएको छ ।

मन्त्री जोशिका अनुसार गरिब निमुखा जनता लाई राज्य भएको अनुभुती दिलाउनु पर्छ भनेर यस्ता घटना लाई मैले पहिलो प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325