बझाङको केदारस्युँ गाउँपालिकामा २ दिन निःशुुल्क आँखा शिविर सञ्चालन हुने – थलारा खबर

सेयर गरौं

बझाङ , पौष ३/  बझाङको केदारस्युँ गाउँपालिकामा निःशुुल्क आँखा शिविर सञ्चालन हुनेभएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको समन्वयमा गेटा आँखा अस्पताल द्वारा केदारस्युँ गाउँपालिकाको सहयोगमा आँखा शिविर सञ्चालन हुनेभएको हो ।

केदारस्युँ गाउँपालिकाले एक सूचना जारी गर्दै केदारस्युँ गाउँपालिका वडा नम्बर ९ झोतामा निःशुल्क आँखा शिविर पौष ७ र ८ गते २ दिन बस्ने जानकारी गराएको छ ।

२ दिन सम्म चल्ने शिविरमा आँखाका रोगिहरूको निशुल्क अप्रेसन तथा निशुल्क औषधी उपचार र चस्माको आवश्यकता भएकाहरुलाई विशेष छुटको साथ उपलब्ध गराइने सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212