२५ मंसिर २०८१, मंगलवार
कार्यक्रम मुक्तक सागरको यो शृङ्खलामा वाचन भएका टप १० मुक्तकहरू – थलारा खबर
मुक्तक
(१)
उमेर भए पनि कच्चा हलि भएको छ।
जिम्मेवारी बोकेर सच्चा हलि भएको छ।
बा अभावसंग खाडीमा लडिरहेका बेला
बाध्यताले घरमा बच्चा हलि भएको छ।
गंगाराम बुढा मगर
मुसिकोट १० रुकुम पश्चिम
(२)
सफलतालाई हात पार्न धाइन्छ हेर्नुस् ।
कतै ठेस त कतै चोट पाइन्छ हेर्नुस्।
जिन्दगीमा फल प्राप्त नभए सम्म।
कति हो कति ठक्कर खाइन्छ हेर्नुस्।
सुष्मा पुन मगर स्मृति रुकुम पश्चिम
(३)
मुक्तक
छैन खुसी छैन ओठमा हाँसो के गरौ त आमा!
सुनिदिने कोही छैन हाम्रो गुनासो के गरौं त आमा!!
तपाईं भन्नुहुन्छ बुढेसकालमा एक्लै छोडी नजा बाबू,
यहाँ बल्झिराछ ऋणको पासो के गरौं त आमा!!
छवि किरण अधिकारी
बागचौर नगरपालिका
१० पिपलनेटा सल्यान
(४)
प्रेमिकाको कारण कारागारमा छु अहिले।
सजाय पाउदै खुकुरीको धारमा छु अहिले।
पैसा भएपछि माया पनि किन्नु पाउने त्यो ।
मायाको ब्यापार गर्ने बजारमा छु अहिले ।
खगिन रिदम लामा
खोटाङ ईन्द्रेणी पोखरी
(५)
पैसा नभएको खाताको के नै काम छ र ।
पानी नछेक्ने छाताको के नै काम छ र ।
भो अब सधैँभरीको लागि बन्द गरिदिन्छु, ।
विश्वास नभएको नाताको के नै काम छ र?
@हिउँकला हाँसी खतिवडा कैलाली,
(६)
पाइन भनी कहिले जिन्दगिमा हासो गर्नु रहेछ ।
आफैले आफैलाई जहिले गुनासो गर्नु रहेछ ।
मान्छे दुखी हुनुको एक मात्र कारण त आखिर ।
अर्काले यो गर्यो त्यो गर्यो भनी चासो गर्नु रहेछ ।
किरन थापा कृष
उदयपुर लिम्पाटार
(७)
काे राम्रो काे नराम्रो मान्छेको मन भित्र बाट हुनुपर्छ ।
याे नभन्नुहाेस् कि उसको मुल्यांकन चित्र बाट हुनुपर्छ ।
अरे यार चित्र त रावणकाे पनि क्या दमदार देखिन्छ ।
त्यसैले मान्छेको मुल्यांकन चित्र हैन चरित्र बाट हुनुपर्छ ।
सुनाखरी निर्मला अाचार्य
नेर्पा ६ खाेटाङ्ग
(८)
अाफ्नाले घात गर्दा पनि सम्हालिनु पर्छ ।
कयौं दुःख अाईपर्दा पनि सम्हालिनु पर्छ ।
सानतिना झमेलाकाे के कुरा गर्नु यहाँ ।
बाबुअामा मर्दा पनि सम्हालिनु पर्छ ।
हिमा घर्ती
बडिगाढ गा. पा ३ बाग्लुङ
(९)
मुक्तक
के थियो त्यो मन भित्र देख्न सकिन ।
जल भन्दा अरु पवित्र देख्न सकिन ।
मेरा ई आँखाले सारा संसार देख्यो ।
चित्र भित्रको _ चरित्र देख्न सकिन ।
जगत थापा थलारा २ बझाङ
(१०)
भाग्यमा नहुनेको लागि किन त्यो दिन आउँछ।
भुल्न खोज्दा सम्झना झन छिन-छिन आउँछ।
जिन्दगी भनेको सधै नुन र तेल जस्तै हुनुपर्छ।
जब नुन छैन तरकारिमा के स्वाधीन आउँछ।
गोविन्द बुढा मगर
पश्चिम रुकुम मुसिकोट १०
मुक्तक छनोट संयोजक :- नरेश बिष्ट
रेडियो कार्यक्रम मुक्तक सागर परिवार