छबिस पाथिभेरा गाउँपालिका ६ मा रहेको लेकगाउँ स्वास्थ्यमा एकदिने स्वास्थ्य शिविर सम्पन्न – थलारा खबर

सेयर गरौं

बझाङ , पौष ६

बझाङको छबिस पाथिभेरा गाउँपालिका ६ स्थित लेकगाउँ स्वास्थ्य चौकीमा शिविर बसेको छ ।
मेरी स्पोट नेपाल र सुनौलोपरिवारको साझेदारी एक दिने निःशुुल्क स्वास्थ्य शिविर बसेको हो ।

स्वास्थ्य चौकीका सेवा क्षेत्र भित्रका सेवाग्राहीलाई शिविरबाट पाठेघरको क्यान्सरको चेकजाँच उपचार यौन रोग सम्बन्धि चेकजाँच उपचार सुरक्षित गर्भवती सम्बन्धि सेवा परिवार नियोजन सम्बन्धि अस्थाई साधन सेवा र औंषधी दिइएको छ ।

यी समस्या र रोगहरूको मेरी स्पोट नेपालका जिल्ला सुपरभाइजर प्रमिला धामी लगायतको टिमले चेकजाँच र औंषधी वितरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका मान्छेहरू गाउँघरबाट बाहिरी गएर उपचार गराउने नसक्ने र अकालमै ज्यान जाने जस्ता समस्यामा केही भएपनि राहत पुग्ने भएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइएको छ ।

दुर्गाथली गाउँपालिका वडा नम्बर ५ ,७ छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ६ र ७ गरि शिविरबाट ९१ जनाले सेवा लिएका छन् ।
पैसा खर्च गरि सहरबजारका अस्पताल गइ उपचार गर्नु पर्ने सेवा गाउँघरमै यसरी निःशुल्क पाउँदा सेवाग्राही निकै हर्षित भएका थिएँ ।

वडा अध्यक्ष मोहनलाल विकको अध्यक्षता सुरु भएको शिविरमा प्रमुख अतिथि मेरी स्पोट नेपालका जिल्ला सुपरभाइजर प्रमुख धामी अतिथि सैनपसेला स्वास्थ्य चौकी इन्चार्ज हंसराज दौल्याल लगायतका अतिथि रहनु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212