डडेल्धुरामा ट्रयाक्टरबाट खस्दा एक जनाको मृत्यु – थलारा खबर

सेयर गरौं

डडेल्धुरामा ट्रयाक्टर बाट खस्दा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित अस्पताल रोडमा सुप प्र ०१००२ ट ५९८५ नम्बरको ट्रयाक्टरबाट खस्दा अजयमेरु गाउँपालिका–१ बस्ने अन्दाजी २०,२२ वर्षीय सुरेश पार्की गम्भीर घाइते भएका हुन् ।

घाइते पार्कीलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा थियोे ।
उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीले ट्रयाक्टर चालक अमरगढीकै महेश ताम्राकार र ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339