३ जेष्ठ २०८२, शुक्रबार

स्वास्थ्य कार्यालय बझाङको आयोजनामा लेकगाउँ स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर बस्ने – थलारा खबर
बझाङको छबिस पाथिभेरा गाउँपालिका ६ स्थित लेकगाउँ स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर फेरि बस्ने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा शिविर बस्ने भएको हो ।
स्वास्थ्य चौकीले एक सूचना जारी गर्दै यहीँ पौष १० गते स्वास्थ्य चौकी कार्यालय बिसौनामा शिविर बस्ने र सेवा क्षेत्रभित्रका सम्पूर्ण नागरिकलाई सेवा लिन आग्रह गरिएको छ ।
एकदिने शिविरले परिवार नियोजन स्थायी पुरुष बन्ध्याकरण सेवा (vasectemy) गर्भवती महिलाको भिडियो एक्सरे सेवा (USGSERVICES ) , स्त्रीरोग सम्बन्धि सेवाहरू ,
पाठेघरको मुखको क्यान्सर जाँच तथा उपचार सेवा महिलाको सेती पानी बग्ने , तल्लो पेट देख्ने सेवा दिइने सूचनामा उल्लेख गरिएको छ।
साथै यौन रोग प्रजनन् स्वास्थ्य सम्बन्धि चेकजाँच तथा उपचार आङ खस्ने महिलाहरूको चेकजाँच तथा उपचार र स्वास्थ्य सम्बन्धि सम्पूर्ण परामर्श सेवा दिइने स्वास्थ्य चौकी प्रमुख देउपाल जप्रेलले बताए ।