बुधबार थलारा गाउँपालिकामा १ हजार ४५ जनाले लगाए मोडर्ना खोप – थलारा खबर

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा पनि १२ वर्षदेखि १७ वर्षका बालबालिकालाई कोरोना भाइरसको खोप लगाउन सुरु गरिएको छ ।
सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बझाङ जिल्लाको थलारा गाउँपालिकामा पनि आज पौष ७ गतेबाट कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो ।

बुधबार आज पहिलो दिन थलारा गाउँपालिकाका १ हजार ४५ जना विद्यार्थीले खोप लगाएका छन् ।

थलारा गाउँपालिका स्वास्थ्य शाखाका ल्याब असिस्टेन्ट विशाल ओझाका अनुसार गाउँपालिकाका ९ वटै वडाका १० वटा खोप केन्द्रबाट उक्त खोप लगाइएको हो ।

आज पहिलो दिन ५ सय ५३ महिला र ४ सय ८८”जना पुरुष गरि १ हजार ४५ जनाले खोप लगाएका छन् । खोप कार्यक्रम ८ र ९ गतेसम्म जारी रहने ल्याब असिस्टेन्ट ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212