१२ माघ २०८१, शनिबार
बझाङको थलारा गाउँपालिका ८ मा वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न
बझाङ ,थलारा/
बझाङको थलारा गाउँपालिका वडा नम्बर ८ साँयरमा आयोजना गरिएको वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ ।
थलारा गाउँपालिका वडा नम्बर ८ ले बालबालिकाको सर्वाङगीण विकास र क्षमता वृद्धिका लागि पौष ८ गतेबाट आयोजना गरेको कार्यक्रम दोस्रो दिन पौष ९ गते सम्पन्न गरिएको हो ।
विद्यार्थी बालबालिकाले केकति सिकेका छन् कति क्षमता छ भनी हाजिर जवाफ प्रतियोगिता रिले दौड प्रतियोगिता चम्चा दौड प्रतियोगिता , चक्लेट दौड प्रतियोगिता , हिसाब दौड प्रतियोगिता , म्युजिकल चियर प्रतियोगिता , हण्डीफर प्रतियोगिता छात्रछात्रा दुबईको गरिएको थियोे ।
त्यस्तै बालविवाहले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पर्ने प्रतिकुल असार विषयमा वक्तित्वकला , बाहिर भित्र खेल ,र हाइजम्प लमजम्प छात्रछात्रा प्रतियोगिताको आयोजना गरिएको हो ।
यी सबै प्रतियोगितामा प्रतिस्पर्धा गरि सबैभन्दा बढी अंक ल्याइ इमरल्ड इडन एकेडमी साँयरले प्रथम , शैलेश्वरी आधारभूत विद्यालय देबस्थलीले दितिय , र कालिका आधारभूत विद्यालयले तृतीय स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा प्रथम दितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई वडा कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सहभागीता जनाइ विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरि प्रथम , दितिय र तृतीय स्थान ल्याउने र अनुशासित विद्यार्थीलाई शैक्षिक स्तरमा वृद्धि, अतिरिक्त क्रियाकलाप कार्यक्रममा सहभागी हुने बानीको विकास होस् भन्दै वडा कार्यालयबाट झोला , कापीकलम , औजार बक्स, नेलकटर, डिस्नरी ,कलरबक्स लगायतका पाठेसामाग्री पुरस्कारले पुरस्कृत गरिएको वडा सचिव डिल्लीराज पाण्डेले बताए ।