३ जेष्ठ २०८२, शुक्रबार

बझाङमा विश्व खाद्य कार्यक्रम डब्लूएफपिको टोलीद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अध्यन – थलारा खबर
बझाङ / थलारा
बझाङ , जिल्लाको थलारा गाउँपालिकामा विश्व खाद्य कार्यक्रम डब्लूएफपिको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अध्यन गरेको छ । संघीय कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रम डब्लूएफपीको संयुक्त आयोजनामा देशैभरका बाढीपहिरो पीडितको सर्वेक्षण कार्यक्रम अन्तर्गत टोली थलारा आइपुगेको हो ।
स्थलगत अध्यन गर्न आएको टोलीले बाढीपहिरोले पुर्याएको क्षतिको विवरण , बाढीपहिरो प्रभावित क्षेत्रको वर्तमान अवस्था , प्रभावित क्षेत्रका समुदायसँग छलफल गरि संकलित सूचनाका आधारमा भावी योजना तर्जुमा गर्ने उदेश्य सहित स्थलगत अध्यन गरिएको विश्व खाद्य कार्यक्रम सुदूरपश्चिम प्रदेश अधिकृत जनक सिंहले बताए ।
अध्यनका क्रममा टोलीले शुक्रबार थलारा गाउँपालिका र थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लाका बाढीपहिरो पीडित समुदायसँग छलफल गरेको थियो ।
देशैभरको बाढीपहिरो प्रभावित क्षेत्रको सर्वेक्षण गरि नेपाल सरकार र दातृ संस्थासँग समन्वय गर्ने उदेश्य सहित आएको उक्त टोलीले यसअघि बझाङ जिल्ला प्रशासन , कृषि ज्ञानकेन्द्र बझाङ , पशुविज्ञ केन्द्र रेटक्रस बझाङ , जयपृथ्वी नगरपालिका खप्तडछान्ना गाउँपालिका सँग छलफल र स्थलगत अध्यन गरिएको विश्व खाद्य कार्यक्रम सुदूरपश्चिम अधिकृत सिंहले बताउनुभयो ।
स्थलगत अध्यन टोलीमा विश्व खाद्य कार्यक्रम डब्लूएफपी प्रदेश संयोजक विरेन्द्र कडायत विश्व खाद्य कार्यक्रम सुदूरपश्चिम अधिकृत जनक सिंह र डब्लूएफपी बाजुरा जिल्ला संयोजक गणेश पाध्याय रहनु भएको थियोे ।