३ फाल्गुन २०८१, शनिबार

कार्यक्रम मुक्तक सागरको यो शृङ्खलामा वाचन भएका टप १० मुक्तकहरू – थलारा खबर
मुक्तक
१)
साँझ बिहान कति हो कति भट्टी मै सकिन्छ
भए जति सारा श्री सम्पत्ती भट्टी मै सकिन्छ।
दिनमा सय पच्चास कमाई होला नहोला मित्र
यहाँ छिन भरमै हजार जति भट्टी मै सकिन्छ।
दिल कुमार प्रेमी
खोटाङ
२)
जुट्नु पर्ने ठाउमा जुट्न सक्नुपर्छ
केही दु:ख हुन्छन् बुझ्न सक्नुपर्छ
बेलाबेला जिन्दगिले लडाउने गर्छ
लडेपनी हात टेकि उठ्न सक्नुपर्छ
सुजन खत्री
केपिलासगढी गा पा खोटाङ
३)
घरि हँसाउने रहेछन् घरि रुवाउने रहेछन्
दुई दिनको लागि जीवनमा आउने रहेछन्
कस्तो अचम्म जात केटीहरुको बुझ्नै गाह्रो
उम्किनै _ नसकिने _ गरी फसाउने रहेछन्
जगत थापा
बझाङ
४)
कसम खायौ बिचमै तौड्यौ अझै पुगेन र ?
लगनगाँठो पराईसङ्ग जोड्यौ अझै पुगेन र ?
जुन बेला तिम्रो साथ चाहिने स्थितिमा थिए
आखिर एक्लै बनाई छोड्यौ अझै पुगेन र ?
वकिल जप्रेल
दुर्गाथलि गाउपालिका ५बझाङ
५)
नहिन्नु एक्लै बाहिर एकान्तमा भेट्न सक्छन्।।
पानीको प्यास मान्छेले रगतले मेट्न सक्छन्।।
थाहै होला अर्जुन अनि भुपेन्द्रको हत्या बारे
त्यस्तैगरि यहाँ आफन्तले घाँटी रेट्न सक्छन्।।
तिलक बिश्वकर्मा
बागचौर नगरपालिका ४ सल्यान
हाल: सात समुन्द्र पारिबाट
६)
म फेरि भन्दै छु मलाई छोडी जान सक्छ्यौ र?
हाम्रो पबित्र सम्बन्ध तोडी, जान सक्छ्यौ र?
बिन्ती छ छोड्ने कुरा त गर्दै नगर है मसगँ
मेरो साथबाट अन्तै गन्तव्य मोडी,जान सक्छ्यौ र
बिक्रम तिरुवा सलिन
तिला ३ जुम्ला
७)
आकासको जुन झै भयौ तिमी छुन सकिन
भाग्यमा नलेखेपछि म तिम्रो हुन सकिन
कति बग्छ रातदिन तिम्रै यादमा आश्रुधारा
बरबर झर्ने आँसुलाई पानीले धुन सकिन
खगिन रिदम लामा
खोटाङ ईन्द्रेणी पोखरी
८)
कसैलाई मोज कसैलाई खिन्न बनाए
जातकै कारण मान्छेलाई छिन्न बनाए
जताततै हत्याहिंसा बलात्कारले गर्दा
शान्तिको देश नेपाललाई भिन्न बनाए
दुर्गा सानु खड्का
खोटेहाङ २ खोटाङ
हाल- काठमाडौं
९)
बोल्दा खेरि हेर मर्यादा नाघेर बोल्न हुन्न।
घरका कुराहरु जथाभावी खोल्न हुन्न।
पहिला समाज लाई बुझ्ने कोशिश गर्नु।
छोरा सके सम्म त दुश्मनी मोल्न हुन्न।।
.राम रावल सागर
कैलाली
१०)
अब याद गर्नुको साटो बन्द गरिदिनु।
थुनेर ढुङ्गा अनि माटो बन्द गरिदिनु।।
संगै देखेका सपनाहरू तोडेर जान्छौ भने।
तिम्रा यादहरु आउने बाटो बन्द गरिदिनु।।
रेजिना कुँवर
अछाम
छनोट संयोजक :- सुरेश थापा
रेडियो कार्यक्रम मुक्तक सागर परिवार