३ जेष्ठ २०८२, शुक्रबार

बझाङमा छुट्टाछुट्टै ठाउँमा २ जना मृत फेला
बझाङमा छुट्टाछुट्टै ठाउँमा २ जना मृत फेला परेका छन् । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा एकजना मृत फेला परेका छन् ।
छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ बुड्खोरीका ४३ वर्षीय जंग धामी बिहीबार बिहान मृत फेला परेका हुन् ।
धामी घर नजिकै नौपाते भन्ने ठाउँमा आज बिहान मृत फेला परेका परिवार स्रोत जनाएको छ ।
त्यस्तै सुर्मा गाउँपालिका मा पनि एकजना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सुर्मा गाउँपालिका वडा नम्बर १ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा हुन् ।
मंगलबारदेखि घरबाट हराएका र हिजोसम्म घर नफर्केपछि खोजतलास गर्दा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए।
धामी र बोहरा दवबै जनाको चिसोले कठ्यांग्रीएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। दुबै जनाको थप अनुसन्धान गर्न र पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली घटनास्थल तर्फ खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए।