बझाङमा एकजना वडाध्यक्ष पक्राउ

सेयर गरौं

बझाङमा एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली नागरिकता बनाउन गरेको सिफारीसमा हस्ताक्षर गरेको भन्दै जयपृथ्वी नगरपालिका वडा नम्बर १ का  वडाध्यक्ष गगन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही वडाका सतिश बहादुर सिंहको नक्कली नागरिकता बनाउन सिफारिस गरिएको भन्दै वडाध्यक्ष सहित सिफारीस बनाउने वडासचिव करन वि.क, वडाका लेखापाल अजय बहादुर सिँह पनि पक्राउमा परेका छन् ।

यसैबिच सोही वडामा रहेको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक ऐन बहादुर सिँहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रधानाध्यापक सिंहलाई सोही व्यक्तिको कक्षा ८ को नक्कली मार्कसिट बनाईदिएको भन्दै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टले बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २०६८ सालमा एसएलसी दिएर फेल भएको ब्यक्तिलाई नक्कली मार्कसिट बनाएर नेपाल प्रहरीमा जागिर लगाईदिने आश्वासन दिएर नक्कली प्रमाणपत्र जुटाउन लागेको खुल्नमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाट पहिलो पटक सतेस बहादुर सिंहको नामबाट नागरिकता लिएको र अहिले उनै ब्यक्तीको नाम परिवर्तन गरि वडाबाट सिफरिस आएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72