थलारा ६ मा डुडेमाडौँ खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न , उपाधि छबिस पाथिभेरा गाउँपालिकालाई

सेयर गरौं

पौष १७ थलारा
बझाङ, जिल्लाको थलारा गाउँपालिका ६ मा बझाङ जिल्ला खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
पौष १३ गतेबाट डुडेमाडौँ खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता पौष १६ गते शुक्रबार सम्पन्न भएको हो ।

पुष पन्ध्र र तमु ल्होसारको अवसर पारी डुडेमाडौँ खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छबिस पाथिभेरा गाउँपालिकाले हात परेको छ ।
घरेलुु खेलमैदानमा थलारा गाउँपालिकाका विभिन्न टिमलाई हराउँदै छबिस पाथिभेरा गाउँपालिकाले उपाधि हात पारेको हो ।

प्रतियोगितामा विजेता हुने टिमलाई नगद २१ पुरस्कार व्यवस्था गरिएको थियोे ।
छबिस पाथिभेरा गाउँपालिकाले विजेता हात पर्दै नगद २१ हजार सहित प्रमाणपत्र पुरस्कार पाएको आयोजक कमिटीले जनाएको छ ।
प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212