राष्ट्रिय योजना आयोगको टोली दिर्धकालिन बिकासका योजनाको संकलन गर्न बझाङमा

सेयर गरौं

बझाङका दिर्घकालिन रुपमा रहने बिकास निर्माणका योजनाहरुको स्थलगत अबलोकन गरि संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली जिल्लामा आई पुगेको छ ।
टोलीले सनिबार एक अन्तरक्रिया कार्यक्रम गरि जिल्ला भित्र रहेका दिर्घकालिन बिकास निर्माणका कामहरुलाई संकलन गरि आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस भन्ने उदेश्यले टोलीले स्थलगत अबलोकन गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.बिश्व नाथ पौडेलको नेतृत्वको टोलीले बझाङका जनतालाई प्रत्येक्ष फाईदा पुग्ने बिकास निर्माणका योजनाहरुलाई संकलन गरि सरकारले अगामी दिनमा बनाउने योजनाहरू समेटिने बताईएको छ । गत असोज ३१देखि कार्तिक ३ गतेसम्म आएको बेमौसमि बाढीका कारण जिल्लामा ठूलो जनधनका साथै बिभिन्न सरकारी संरचनाको क्षती भएकाले सरकारले यस तर्फ ध्यान दिनुपर्ने स्थानीयले माग राखेका थिए ।

भौगोलिक बिकट रहेको यस जिल्लामा ठूला बिकास निर्माणका कार्यहरु समेत सुचारु हुन नसकेकाले अगामी दिनमा यहाँबाट संकलन गरिएका योजनाहरुले प्राथमिकता पाउने आसा गरिएको नेपाली कांगे्रस बझाङका पार्टी सभापती खडक बोहराले बताउनुभयो । उहाँले बझाङ बिकास निर्माण सम्बन्धी योजनाहरु सम्बन्धी माग पत्र बुझाउँदै भन्नुभयो, “दक्षीण एसियालाई जोड्ने नेपालको सबै भन्दा छोटो रहेको ताक्लाकोट नाकालाई खोल्न सरकारको ध्यानार्कषण हुनुपर्छ । यसका अलवा बझाङमा अथाह स्रोत र प्राकृतिक सम्पदा रहेकाले तिनीहरुको समुचित प्रयोग हुने खालका योजना बनाउनु पर्छ ।” आयोगको टोलीले यहाँका केही स्थानहरुमा अबलोकन भ्रमण समेत गरेको छ । आयोगका उपाध्यक्ष डा. बिश्व नाथ पौडेलले भन्नुभयो, बिकास भनेको तलबाट हुने प्रकृया भएकाले ग्रामिण भेगमा आएर यसरी प्रतक्ष अबलोकनबाट योजना मजबुद हुन्छ । उहाँले बाढीका कारण यहाँको जयपृथ्बी राजमार्गको जालेबगर, सेती नदीको कटानको संकटमा रहेको देवल बिमानस्थल, चैनपुर लगायत सेती नदी किनारका बस्तीलाई तटबन्धन गर्न र जयपृथ्बीराजमार्गलाई नियमित सुचारु गर्न आबस्यक रहेको बताउनुभयो । उहाँले शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत बढी काम गर्नु पर्ने र सहरी बिकास आयोजनालाई समेत यस जिल्लामा लागु गरेर बिकास निर्माणका कामलाई द्रुत गतीमा अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1348