कार्यक्रम मुक्तक सागरको य‍ो शृङ्खलामा वाचन भएका टप १० मुक्तकहरू – थलारा खबर

सेयर गरौं

मुक्तक

(१)
न लगाई धेरै कर,यत्ति सोध्नुछ
किन भयौं बेखवर,यत्ति सोध्नुछ
चन्द्रँमा छुने अास्मा छोडेउ ऊ बेला
कस्तो चल्दैछ सफर,यत्ति सोध्नुछ

नाम   निरोज भट्टराई
नुवाकोट तार्केश्वर ४ बुधसिङ नेवारपानी

(२)
कति रहेछ म भित्र खोट, अचम्म लाग्छ।
सुर्ति माग्दा दिन्छ चुरोट, अचम्म  लाग्छ।।
मैले त मायाको बिउ छरेको थिए कुनै दिन।
कसरि उम्र्यो धोकाको बोट, अचम्म लाग्छ।।
                     ✍️ रेजिना कुँवर अछाम

(३)
केही दायाँ, केही बायाँ  बेर्न तिमीबाट सिकोस्
नयाँ अङ्गाल्न र पुरानो केर्न तिमीबाट सिकोस्
हिजो सँगै बाँच्ने मान्छे आज बसाइँ सर्न पुग्यौ,
प्रिया! सर्पले काँचुली फेर्न तिमीबाट सिकोस्।

     प्रकाश कुइँकेल
      असम, भारत

(४)
श्रीमती पोइल गैई हिजो घर जलेर नष्ट भो।।
रहेको  अवशेष पर्खाल पनि ढलेर नष्ट भो।।
केही रहेन संसारमा आफ्नो भन्नू मेरो
यही पीडाले शरीर झनझन गलेर नष्ट भो।।
®~ तिलक बिश्वकर्मा अतितका पलहरु बागचौर नगरपालिका ४ सल्यान हाल: सात समुन्द्र पारिबाट

(५)
सधैँभरि  झुटा  कुरा  अनि भर कसरी हुन्छ
नेताको  दरबार  जनताको घर कसरी हुन्छ
बिरामीले गाउँमा एम्बुलेन्स सम्म नपाउँदा
नेताको चाई साथमै हेलिकप्टर कसरी हुन्छ
   दुर्गा सानु खड्का
   खोटेहाङ २ खोटाङ 
   हाल काठमाडौं

(६)
अब यत्ति सम्झिए,हाम्रो संवाद यहि सम्म रैछ।
अनि म तिम्रो प्रीय हुने औकात,यहि सम्म रैछ
तिमी छुट्टी’न चाहान्छौ म बाट खुसी संग जाउ
के गर्नु त,मेरो भाग्यमा तिम्रो साथ,यहि सम्म रैछ।
सुनिल बि.एम आँशु
रुकुम पुर्ब
हाल -दुबै बाट

(७)
एक थाेपा अाँसु झर्याे भने अामालाई सम्झनु
अाफ्नाले घात गर्याे भने अामालाई सम्झनु
किन माग्छाै प्रेमकाे भिक्षा याे दुनियाँलाई
यदि प्रेम बुझ्नु पर्याे भने अामालाई सम्झनु

हिमा घर्ती
बडिगाद ३ बाग्लुङ

(८)
दुखेर जिउ ज्यान अति पोलेर आउँछ
भित्री मन् ~ भतभती पोलेर आउँछ
आलो घाउमा मलमपट्टी क्यारी लाउने होला,
जती पर्ने छैन ओखती पोलेर आउँछ!
दिनेश तामाङ्ग, ओखलढुङ्गा

(९)
खुब धुमधाम हुनेछ जन्तिहरूको लहर हुनेछ
तिम्रा आफन्तहरू हुनेछन्  तिम्रो कदर हुनेछ
तिम्रो त्यो सिउँदोमा अर्कैले सिन्दूर भरेकै दिन
म मर्नेछु तिमीलाई भने खुशीको खबर हुनेछ

जगत थापा थलारा २ बझाङ

(१०)
सफरमा गन्तव्यको बाटो मोडेपछि थाहा पाएँ
म सँगको  सम्बन्ध अन्तै जोडेपछि थाहा पाएँ
पिरतीमा मान्छेहरु पागल किन हुन्छन् सोच्थेँ,
दिलमा बसेको मान्छेले छोडेपछि थाहा पाएँ!
     हिउँकला हाँसी खतिवडा 
कमलबजार ७ अछाम,

छनोट संयोजक :- ममता खत्री
रेडियो कार्यक्रम मुक्तक सागर परिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212