थलारा गाउँपालिका ६ तराटी टोलमा बल्यो बिष्टको पहलमा राष्ट्रिय प्रसारण लाइनको विद्युत

सेयर गरौं

बझाङ ,थलारा/ माघ ३
बझाङको थलारा गाउँपालिका ६ तराटीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ ।
अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य महेश बिष्टको महलमा तराटी टोलमा राष्ट्रिय प्रसारण लाइनको विद्युत आइतबार पुगेको हो ।

कसैको मुख ताकेर बस्नुभन्दा आफैंले मेहनत गरे छिटो राष्ट्रिय प्रसारण लाइनको विद्युत बाल्न सकिन्छ भन्ने उदाहरण महेश बिष्टको टिमले देखाएको छ । २ दिनसम्म मेहनत गरेपछि खोलीको कोटफेरा मल्ला सडिल हुँदै तराटीसम्म विद्युत प्रसारण लाइन जडान भएपछि आइतबार बेलुका बाट तराटीमा केन्द्रीय प्रसारण लाइनको विद्युत बलेको अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य बिष्टले जानकारी दिएँ ।
लामो समयदेखि अन्धकारमा बस्दै आएका तराटी टोलका स्थानीयहरू विद्युत पुगेपछि हर्षित भएका छन् । लेखपढ गर्नमा निकै समस्या हुनेगरेकोमा विद्युत पुगेपछि लेखपढ गर्नमा पनि राहत हुने स्थानीयले बताए ।

थलारी गाड लघु जलविद्युत बिग्रिएपछि तराटी लगायत साविकको कोटभैरव गा.बिसका अधिकांश जनता अन्धकारमा बस्न बाध्य भएका छन् ।
कुम्भ रोकाया ललित भट्टराई र मीन बहादुर रोकायाको प्राबिधिक टिमले विद्युत लाइन जडानमा सहयोग गरेको छ ।

थलारा गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत बाल्न ४ वर्ष अघि टेण्डर भए पनि अझै थलाराको ३,४,५,६,७,र ८ मा बत्ती बल्न सकेको छैन ।

जनप्रतिनिधिहरूले ठेकेदारलाई ताकेता गरि विद्युत बाल्न पहल नगरेको जनगुनासो रहेको छ । त्यसतर्फ जनप्रतिनिधिको ध्यानजान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212