३ जेष्ठ २०८२, शुक्रबार

बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु , ३ जना घाइते -थलारा खबर
बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–१ का ७७ बर्षीय मनोरथ जोशी मृत्यु भएको हो । त्यस्तै बँदेलको आक्रमणबाट ३ जना घाइते छन् ।
सोमबार साँझ जोशीलगायत ४ जनालाई बँदेलले आक्रमण गरेको थियो ।
घाइते ५० बर्षीय बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको छ। सामान्य घाइते भएका बीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1