२६ माघ २०८१, शनिबार

बझाङको बुङ्गल नगरपालिका र बित्थडचिर गाउँपालिकामा नेटवर्क नहुँदा समस्या, जरुरी काममा पनि सञ्चार बिहिन हुनुपरेको स्थानियको भनाई – थलारा खबर
बझाङ माघ २४ ,
जिल्लाको बुङ्गल नगरपालिका का विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क नहुँदा स्थानीय समस्यामा परेका छन् ।
भारि हिमपातका कारण नेटवर्क नहुँदा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको बुङ्गल नगरपालिका वडा न १० का स्थानीय गणेश बाेहराले बताउनुभयो । उहाले भन्नुभयो “सञ्चार माध्यमको बिषयमा धेरै कुरा नगरौं, सामान्य फोन गर्नका लागि पनि २ घण्टाको बाटो हिडेर टावर भएकाे ठाउमा पैदल यात्रापछि बल्ल मोबाईलमा नेपाल टेलिकमको नेटवर्क भेटिन्छ” । यसले गर्दा समेत सञ्चार विहिन हुनु परेको छ । नजिकैको जयनैलि डाडामा नेपाल टेलिकमको फोर जि टावर छ, हाम्रो गाउँघरमा सामान्य फोन गर्न समेत भ्याउँदैन उनले भने”।
यस्तै बित्थड चिर गाउपालिका वडा न ६ का स्थानीय रमेश घामिकाे जानकारी अनुसार बित्थडचिर र बुङ्गल का ठाउँमा फोर जि नेटवर्कले काम गरेपनी बुङ्गलकाे सिपेना, धारघर,देउलिकाेट,पातल सुवालेक,टुमेडा डाैड र बित्थडका धेरै गाउँमा नेटवर्क नहुँदा अझै मर्कामा परेका छन् । दिउँसो घाम लागेको बेला मात्रै नेटवर्कले काम गर्ने गरेको र साँझपख ‘नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेको धेरै भईसकेको छ । अहिले सम्म नेटवर्क सुधार नभएको स्थानीयले बताउदै आएका छन् ।
बझाङका अधिकांश नेपाल टेलिकमका टावरहरू सौर्य उर्जाको भरमा सञ्चालन भएकाले घाम नलागेपछि यस्तो समस्या हुने गरेको नेपाल टेलिकम बझाङ शाखाले जनाएको छ । सोलार प्यानलबाट चार्ज हुने नेपाल टेलिकमका टावरहरू भएकाले सेवाग्राहीले यस्तो समस्या भोग्ने गरेका छन् ।