कष्टकर हिउँमय यात्रा अनि केही रमाइलो क्षण- थलारा खबर

सेयर गरौं

दिपक बहादुर खड्का
डोटी

म फागुन १ गतेदेखि खप्तड बडिमालिका क्षेत्रमा तिर्थालु तथा आन्तरिक पर्यटकहरुलाई हिउँदे सिजनमा पुर्याई थाेरै भएपनि चलायमान तथा पुनरउत्थान गर्ने उदेश्य सहित हेलिटुर संचालनका लागि धनगढीमा प्रचारप्रसारका क्रममा थिए । शुक्रबारकाे दिन सुदुर पश्चिम प्रदेश सभा सभामुख अर्जुन बहादुर थापा संग भेटेर कुराकानि गर्ने जमर्को थियाे । उहाले मलाई प्रदेश सभा सचिवालयमा १ बजे भेट्ने समय दिनुभयकाे थियाे । म साढे १२ बजेनै त्यहाँपुगे तर सभामुख ज्यु अनउनु भएन । त्यहाँ रहेका संसदीय दलका कार्यालयमा छिरे तर नेपाली काग्रेशकाे दलकाे कार्यालय भित्र टेक बहादुर रैका , दिब्यश्वरि शाह र भरत बहादुर खड्का बाहेक अन्य दलकाे काेहि प्रदेश सभा सदस्य संग भेट हुन पाएन । उहाहरु संग केहि समय गफगाफ पछि म पुन सभामुखकाे कार्यकक्षमा गय तर उहा आउनु भएकाे रहेनछ ।

धनगढीमा माैसम अत्यन्तै चिसाे थियाे सिमसिम बर्षा भईरहेकाे थियाे। लागातार दुई दिन पानि पर्ने र उच्च पहाडमा हिमपात हुने माैसम पुर्वअनुमान थियाे । करिव २ बजे तिर म धनगढी बाट अत्तरिया तिर गए अत्तरियामा सिलगढि रातुलिका चिनजानकै गाडि चालक लाेक बहादुर बिष्ट भेटिए उनि पनि दिपायल आउन तम्तयार थिए बर्षा भईरहेका कारण बाटाेकाे अवस्था बुझ्न डडेल्धुरा तिर फाेन लगाए हगुल्टे तिर सामान्य हिमपात र डडेल्धुरामा सिमसिम पानि परिरहेकाे जानकारि पाए । सामान्य अबस्थामा जानसकिने चालक लाेक बहादुर र मेराे सल्लाह बमोजिम हामि अत्तरियाबाट साढे दुई बजेतिर निस्कियाै । साढे ३ बजेतिर खानिडाडा पुग्यौं त्यहाँ पुग्दा सिलगढि जान लागेकाे बस बिग्रेर यात्रुहरु अलपत्र अवस्थामा थिए त्यसमा सवार यात्रुहरू गाडिहरुकाे पर्खाइमा २ घण्टादेखि कुरेर बसेका रहेछन् । हामीलाई लैजान ३ जना यात्रुहरुले आग्रह पुर्वक अनुनए गरे पछि एक महिला सहित २ जना यात्रु थपिदा ५ जना एकसाथ भयाै । बेलुकि साढे ५ बजेतिर डडेल्धुराकाे मेलखर्क पुग्यौं त्यहाँ पुग्दा सयौं गाडिहरुकाे लाम लागि सकेकाे थियाे । प्राप्त जानकारि अनुसार भिमदत्त राजमार्ग खण्डकाे हगुल्टे मा हिउँबाट चिप्लियर बसहरु एकआपसमा जुध्न पुगेछन् ।

Image

हिउँ जम्मा जम्मि आधा फिट मात्रै थियाे, गाडिहरु सहज रुपमा जान सकिने थियाे तर गाडिहरु बिचबाटाेमा फसेपछि सडक अबरुद्ध हुन पुग्याे, आफ्नाे अगाडि बढाउने चालकहरुकाे हाेडबाजिले गाडिहरु दुबै साईडमै पार्किङ भए बिमारी बाेकेका एम्बुलेन्स पनि सडकमै अलपत्र परे । बाटाे नखुल्ने भएपछि हामिले बास खाेज्न गैराबजार फर्कियाै जेनतेन गरि बास बस्याै राति ३ बजेपछि गैराबजारमा पनि हिमपात सुरु भयाे । बासबसेका कयौं यात्रि पुन धनगढीमा फर्किए । तर सडक डिभिजन कार्यालय कुलपातेले राति ९ बजे देखि काम सुरु गरेर १२ बजे सडक सुचारू गरेकाे रहेछ । करिव ३ बजे बिहान देखि पुन अबरुद्ध भएकाे रहेछ । हाेटल बास बसेका कसैले पनि राति यात्रा गर्न पायनन् ।

बिहान १० बजेपछि मलाई फाेन गर्नुभयाे सडक डिभिजन कार्यालय दिपायलका ईन्जिनियर याेगेन्द्र अधिकारि जिले उहाँ मेराे स्कुल पढ्दाकाे साथि हुनुहुन्थ्यो । ११ बजेपछि डडेल्धुरा र गैराबाट दुबै तर्फ ब्याकुलाेडर लगाउने र बाटाे खुल्ने जानकारि दिनुभयाे । त्यसपछि पुन हामि ब्याकुलाेडरकै पछाडि पछाडि गयाै मेलखर्क पुगेपछि सयौं गाडिकाे लाम हजाराै यात्रिहरु अलपत्र हिउँकाे बर्षा कठ्ङग्रिदाे जाडाे बृद्ध देखि बालक सम्म बिमारि बाेकेका एम्बुलेन्स पनि सडक सुचारुकाे प्रतिक्षामा थिए । दुई तर्फि गाडि पार्किङ हटाउन सकस भयाे गाङ्खेत प्रहरि चाैकिका प्रहरिहरुलाई हम्मेहम्मे पर्याे ३ घण्टाकाे अथक प्रयासपछि ब्याकुलाेडर अगाडि बढ्याे बाटाेमा जम्मा भएकाे हिउँ साेहर्न । गाडि चालकहरुले अगाडि बढ्न साईड नदिएका कारण डाेजरु चालकले तेल छैन भन्दा अन्य चालकहरुले झण्डै झुम्टिन खाेजे प्रहरीले थामथुम पारे ।

Image

आखिर २ / ३ घण्टापछि तेल सकिन लागेकाे रहेछ । सडक कार्यालयका कर्मचारीहरु पनि ३ ड्रम तेल सहित भातकाडा बाट सडक खाेल्दै सहुखर्क पुगिसकेका थिए करिव ५ बजेकाे समयमा दुई तर्फबाट काम सुरु गरेका मेसिन र तेल लगेर गएका कर्मचारीहरु म पनि साथै अपरेटरलाई सहज गराउदै अगाडि बढेकाे आलिताल गाउँपालिका र गन्यापधुरा गाउम्हपालिकाकाे सिमाक्षेत्र हगुल्टेमा भेटभयाे । कष्टकर यात्रा लाई थाति राखेरे प्रकृतिले दिएकाे हिउँ संग स्पर्श गर्दै लुकामारी खेल्याै केहिबेर रमायाै मेसिनहरुमा तेल थप्ने काम भयाे र पुन बाटाे सुचारुमा मेसिनहरु प्रयाेग भए। म संगै अन्य दिपायल आउने बाेलेराे जिपहरु थिए तिनका चालकहरु मेरा चिनजानकै भाईहरु थिए । ठाउँ ठाउँमा थुप्रै अबराेधहरु थिए । साथमा बसेकि महिला थिईन जाेगबुडा घर भएकि मिनु बाेहरा बिष्ट डडेल्धुरा खिन्निकाेट गाउँ माईती भएकि आफ्नाेबहिनिकाे शनिवार बिहेमा पुग्नुपर्ने रहेछ । उनलाई हतार थियाे पटकपटक माईति बाट कता पुग्याे भन्दै फाेन आईरहेको थियो ।

अर्का थिए साेहि ठाउँ चम्साल घर भएका ललित मल्ल उनकाे पनि ब्यथा उस्तै थियाे शनिवार भाईकाे बिहे घर पुग्न हतार हतार थियाे । तेस्रो ब्यक्ति थिए डाेटी कपल्लेकि तिछडा गाउँका कर्ण मल्ल उनि ३ बर्ष मलेसियाको बसाइँ पछि घर फर्किदै थिए । उनकि जीवन संगिनि उनकाे बाटाे कुर्दै थिईन् दुई साना छाेराहरु बाबा कतिखेर पुग्ने भन्दै फाेन गरिरहेका थिए । रात परेपछि चिसाे बढ्दै गयाे हातखुट्टा अत्यन्तै चिस्सिय थरथर काम्न थाले हिउँमाथि उभिएकाे करिव ९ घण्टा भई सकेकाे थियाे । गाडि चालकहरु अगाडि बाटाे सहज गराउदै साईड माग्दै अगाडि बढिरहे करिव साढे ९ बजेतिर भातकाडा बजार पुग्यौं सबै हाेटेलहरु बन्द भईसकेका थिए दिनभरि खाजा पनि खान नपाएका कारण सबैलाई भाेकले च्यापिरहेकाे थियाे ।
डडेल्धुराकाे स्याउले बजार पनि बन्द भईसकेकाे थियाे ।

हामी डाेटितर झर्याै रडुवामा डडेल्धुरा घर भएका यात्रि झरे हामी करिव ११ बजे दिपायल ढुक्कसँग घर पुगियाे । हामीले गाडि निकाले पनि धेरै गाडिहरु हगुल्टे लेकतिरै थिए । अघिल्लो राति बाटाे खुले संगै कयौं यात्रुहरु हाेटेलमानै छाेडि गाडिहरु राति निस्केका रहेछन् । बिच्लिमा परेका थिए कसै रसंग सिमित गाडिभाडा मात्रै बाेकेर आएका रहेछन् । काेहि हिडेर स्याउले तथा गैरा बजार पुगे , काेहि पुरानै गन्तव्यमा फर्किए । गाडि चालक पनि थरिथरिका काेहि गाडि बिच सडकमै छाेडेर कता हिडेका, काेहि यात्रु अलपत्र पार्दै हिनेका त काेहि रक्सिले मात्तिएका र काेहि सहयाेगि भावनाका । सामान्यतया ६ घण्टामा पुग्न सकिने यात्रा गर्न मलाई ३३ घण्टा लाग्याे ।

म दिपायल पुगेपछि पनि मनमनै साेचे हिउँमाथि हगुल्टेमा अड्किएका ति बालबच्चा र बृद्ध सम्झिए अनि साेचे बझाङ बाजुरा र दार्चुला पुग्न कति कठिन यात्रा हाेला । म सानो छदाँ देखि सुन्न आएका खुटिया दिपायल फाट्टट्रयाक बनेकाे भए सायद सहज बन्थ्याे हाेला हगुल्टे लेकमा गाडिकाे चाप कम हुने थियाे हाेला । हिउँका कारण भन्दा गाडिहरुकाे संख्या र सडकाे चाैडाई स्थरले सडक अबरुद्ध बनेकाे मेराे निष्कर्ष हाे । पहाडी जिल्लामा सहज अस्पताल र शिक्षाका लागि बिश्वबिधालय भएकाे भए सायद याे बिड्बना देख्नु पर्थेन हाेला । सहज छिटो छरिताे उपलब्ध सेवा तथा उपचार पाए बर्षेनि सुदुर पहाडका जनताले अकालमा ज्यान गुमाउनु पर्थेन हाेला । फेरि चुनाव नजिकै छ यिनै फाष्ट ट्रयाक यिनै बिश्वबिद्धालय जलविद्युत र पर्यटनका सपना बाड्न कुनै उमेदवार बाकि राख्ने छैनन् ।

Image
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1061