१ जेष्ठ २०८२, बुधबार

बझाङमा गाउँपालिका द्वारा निर्माण फाेहाेर डम्पिङकाे दुरुपयोग,देउरा बजार दिनप्रतिदिन दुर्गन्धित बन्दै – थलारा खबर
रमेश बाेहरा, माघ २५ / बझाङ
बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ देउरा बजार दिन प्रतिदिन दूर्गन्धित बन्दै गएको छ ।
व्यापारी र सेवाग्राहीले लापरबाही गरि सडेगलेका बस्तु प्लाष्टिक लगायतका अन्य फोहोरहरू एक ठाउँमा जम्मा नगरि जताततै फाल्ने गरेपछि देउरा बजार दुर्गन्धित बन्दै गएको हो ।
जिल्लाकै मध्य केन्द्रविन्दु भनेर चिनीने देउरा बजारमा फोहोर को ब्यबस्थापन हून नसकेपछि दैनिक रुघाखोकी र ज्वरो का बिरामी बढ्दै गएका छन् ।
बझाङ बैतडी र डोटी जिल्लाका सिमानामा बसोबास गर्ने मानिसको मुख्य बजार समेत भएकोले दैनिक उपभोग्य सामग्री खरिदका लागी तिनै जिल्लाका मानिस देऊरा बजार आउने गर्दछन् ।
तिन वटै जिल्लाको मुख्य बजारको रुपमा रहेको देउरा बजारमा दैनिकि भिडभाड हुने गरेको छ । भिडभाड भएपछि फोहोर डम्पीङ्गको दुरुपयोग भई फोहर उत्तीकै बढ्न थालेको र फोहोर व्यवस्थापनका लागि पटक पटक सुझाव दिदा व्यापारिहरूले अटेर गरेकाे देउरा बजार व्यबस्थापन समितिका अध्यक्ष जीवन भण्डारी जानकारी दिए ।
उनका अनुसार व्यापारि,ग्राहकवर्ग र स्थानिय बासिहरुले आफैले गरेको फोहर व्यवस्थापन गर्न नसकेपछि दैनिक रुघाखोकी र ज्वरोका बिरामी पनि बढ्दै गएका छन् ।
बिश्वब्यापी मनहामारिको रुपमा फैलिएको कोरोना भाइरस लाई मध्यनजर गर्दै केदारस्यँ गाउँपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न,सामाजिक दुरि कायम गर्न,बजारमा भिढभाड कम गरि कोरोना बाट बच्न पटपट गाउँपालिकाले आग्रह गर्दै आएको गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर भण्डारिले बताउनुभयो ।
देउरा बजारको एकतर्फि सेति नदि र अर्कातर्फ कालङगा नदि बगी रहेका छन् । पछिल्लो समयमा यी नदी पनि दूर्गन्धित बन्दै गएको छन् । साईपाल हिमाल बाट बग्ने पवित्र नदी सदरमुकाम लगाएत आसपास बजार,घर को ढल नदिमा फालेपछि यसको असर बझाङ लगायत अन्य जिल्लाका नागरिकलाई पनि परिरहेको छ ।
अहिले पनि बझाङको सदरमुकाम चैनपुरदेखि देऊरा बजार सम्म धेरै जनसंख्या भएको र सेती नदी किनारका स्थानीय दिनहुँ नदीको किनारमा गएर नुहाउँने र कपडा धुने गरेका पाइन्छ ।



