काजल न्यौपानेको गजल – थलारा खबर

सेयर गरौं
    ✍️

काजल न्यौपाने ( निर्दोशि )

गजल
कलम हतियार बनाइ शासन सत्ता ढाल्नुपर्छ मैले अब
सत्य बोलि अन्यायलाई न्याय दिन थाल्नु पर्छ मैले अब

जिन्दगीको गोरेटोमा धन सम्पत्तिको प्रहार धेरै हुँदा
केही ठोस कदम उठेर यहीँबाट चाल्नु पर्छ मैले अब

मैले तिरेको तिरो पुगेन होला त्यहा सम्मको अड्डामा
दुखै नगरी सजिलै फाल्नु पर्छ मैले अब

गर्न सकिने पो गरिन्छ काम जो कोहीले पनि हेर
भन्दिन काजल!पानीमा आगो बाल्नु पर्छ मैले अब

न्याय दिने भाषण कहाँ गयो सरकार हाम्रो
दुखी गरिब जहाँ छन नियाल्नुपर्छ मैले अब ।

ठेगाना :- दैलेख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
3
+1
0
+1
0
+1
2
+1
1
+1
0
संवाददाता
संवाददाता
Articles: 1061