बझाङबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २ सय २८ विद्यालय सिफारिस- थलारा खबर

सेयर गरौं

बझाङबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २ सय २८ विद्यालय सिफारिस भएका छन् । जिल्लाका १२ वटै स्थानीय तहबाट आवेदन परेका २ सय २८ विद्यालय सबैलाई सिफारिस गरिएको हो ।

थलारा गाउँपालिकाका २३, छविसपाथिभेराका २७, दुर्गाथली गाउँपालिकाका ४, तलकोट गाउँपालिकाका १८, खप्तडछान्नाका २२, मष्टाका २२, बुंगलका ४०, सुर्माका ११, जयपृथ्वी नगरपालिकाका १२, केदारस्युका ४१, वित्थडचिरका ५ र साइपाल गाउँपालिकाका ३ विद्यालय सिफारिस गरिएका शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी वसन्त बहादुर सिंहले बताउनुभयो ।  

आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र पठाइएको सूचना अधिकारी सिंहले बताउनुभयो । आगामी फागुन पहिलो हप्तासम्म विद्यालय छनोट भइसक्ने जनाइएको छ ।   

उक्त कार्यक्रममा सफल विद्यालयमा दुईकोठे/चारकोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । अहिले सिफारिस गरेर पठाएका विद्यालयहरूमा अधिकांशले विद्यालयको भवन निर्माण, शौचालय निर्माण, घेराबार, ल्याब स्थापनाको माग गरेका छन् ।   रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245