६ आश्विन २०८०, शनिबार

सुर्मा समाज सुधार युथ क्लबद्वारा जनचेतनामूलक कार्यक्रम सहित मास्क सेनिटाइजर वितरण – थलार खबर
माघ २५ बझाङ ,
बझाङको सुर्मा गाउँपालिमा सुर्मा समाज सुधार युथ क्लबले जनचेतनामूलक कार्यक्रम र मास्क सेनिटाइजर वितरण गरेको छ
बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई निर्मुलिकरण गर्ने सन्देश सहित मास्क सेनिटाइजर वितरण गरेको हो ।
सुर्मा समाज सुधार युथ क्लबका अध्यक्ष युवराज सुर्मेलीको नेतृत्वमा मंगलबार सुर्मा गाउँपालिकाका १ देखि ५ वटै वडासम्म सबै वडामा कोरोनाबाट बच्चे सन्देश सहित मास्क र सेनिटाइजर वितरण गरिएको छ ।
गाउँघरमा कोरोना संक्रमण फैलिन नदिन र यसबाट बच्ने सन्देश सहित १ हजार वटा मास्क र १ सय सेनिटाइजर क्लबबाट वितरण गरेको क्लबका अध्यक्ष सुर्मेलीले बताउनुभयो ।
कार्यक्रममा सुरक्षाकर्मी क्लबका पदाधिकारी र अन्य सहभागी भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1