बझाङको थलारा बासीलाई सेती नदिले पुल बगाएपछि बजार आवतजावतमा समस्या , काठे साँघुको भर

सेयर गरौं

माघ २८ थलारा , बझाङ

बझाङमा असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल बर्षाका कारण सेती नदिमा आएको बाढीले झुलुङ्गेपुल बगाएपछि थलारा गाउँपालिका वडा नम्बर १ र देउरा बजारमा आवतजावत गर्न समस्या भएको छ ।
पुल नै नभएपछि आवतजावत गर्न साबिकको दंगार्जी गा.बि.स र डोटीका बासिन्दालाई समस्या भएको हो ।

रेगम र देउरा बजार जोड्न सो झुलुङ्गे पुल बगाएपछि थलारा गाउँपालिका वडा नम्बर १ र २ का स्थानीय बासीलाई अहिले कृषि उपज बजारसम्म पुर्‍याउन कठिन भएको थलारा गाउँपालिका वडा नम्बर १ का स्थानीय दत्त गिरीले बताउनुभयो ।
उनका अनुसार पुल नहुँदा कृषि उपज बजार पुर्‍याउन र बजारबाट उपभोग्य सामान ल्याउन समेत समस्या हुने गरेको छ ।

केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले रु ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु हालेपनि दिगो नभएको थलारा गाउँपालिका–१ रेगमका प्रेमबहादुर बोहराले बताउनुभयो ।

सो पुलबाट आवतजावत गर्न ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ । अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीकोे माग छ ।
पुल निर्माणका लागि पहल भइरहेको थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
थलारा खबर
थलारा खबर
Articles: 72