२९ मंसिर २०८१, शनिबार
बैतडीमा फोटोसहितको मतदाता नामावली संकलन कार्य स्थगित
माघ २८ , बैतडी
जिल्ला निर्वाचन कार्यालय बैतडीले फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य स्थगन गरेको छ। सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै बैतडीमा पनि मतदाता नामावली सङ्कलन कार्य स्थगन गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
बैशाख ३० मा निर्वाचनको मति घोषण भएसंगै आचारसंहिताअनुसार मतदाता नामावली सङ्कलन स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव प्रसाद फुँयालले जानकारि दिए। मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ बमोजिम संकलन कार्य स्थगन गरिएको हो।
मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्कको अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको फुयाँलले बताए।हालसम्म जिल्लाका एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराइ सकेका छन्। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1