भारतमा हुने विधानसभा निर्वाचनका लागि नेपाल – भारत सिमानाका माघ २८ देखि फागुन २ गतेसम्म बन्द

सेयर गरौं

भारतसँग जोडिएका नेपालका बैतडी र दार्चुलाका सीमा नाका शुक्रबारदेखि चार दिनका लागि बन्द हुने भएका छन् ।
भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधानसभा निर्वाचनको लागि  लागि भारतले नेपालसँग सीमा जोडिएका नाका चार दिनका लागि बन्द गरेको हो ।
बैतडी र दार्चुलासित जोडिएका नाका शुक्रबार बेलुकादेखि फागुन २ गतेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका बन्द हुन लागेका हुन् ।

भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गर्नुपरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245