भारतमा जाने नेपाली लाई काम लगाई दिन्छु भन्दै ठगी गर्ने नेपालीको सङ्ख्या बड्दै

सेयर गरौं

बझाङ / माघ २८ ,
सन्तोष धामी

नेपालमा कामको अवसर नमिलेपछि भारत जाने नेपालीको लर्को छ । अत्याधिक मात्रामा भारतमा नेपाली बढेसङ्गै काम पाउन पनि मुस्किल हुन थालेको छ ।

भारतको ब्याङ्लोरमा नेपाल बाट जाने नयाँ नेपालीलाई काम लगाई दिने बाहानामा ठगी गर्ने बढेको पाईएको छ । राम्रो काम लगाई दिन्छु भन्दै पैसा लिने र पछि सम्पर्कमा नआउने गरेको भारतमा भएका नेपाली बताउँछन् ।

सुदुर पश्चिम बझाङ्ग बुङ्गल नगरपालिका-2 (रैसेल्ली) घर भई हाल भारतको ब्याङ्लोरमा रोजगार गर्दै बसेका जनक जाग्री पनि ठगी गर्दै आएको खुलेको छ । उनले राम्रो काममा लगाई दिन्छु भन्दै पैसा लिने गरेको बझाङ छबिस पाथिभेरा-७ का पीडित सन्तोष धामीले बताए ।

कामको शिलशिलामा भारत गएका धामीले भने, मलाई राम्रो काममा लगाई दिन्छु भन्दै मसङ्ग पैसा लग्यो तर महिनौ भईसक्यो न काम लगाई दियो, न पैसा फिर्ता दियो । बारम्बार फोन गर्दा उल्टै गाली तथा ज्यान मार्ने धम्की समेत दिने गरेको उनले बताए । आफू जस्तै अरु नठगिन र यस्ता दलालबाट सजक रहन उनले आग्रह समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
5
+1
0
+1
1
+1
0
+1
2
+1
2
संवाददाता
संवाददाता
Articles: 1314