डोटीको बुडर बजार नजिकै ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर गरौं

डोटीको जोरायल गाउँपालिका–२ छतिवन बुडर बजार नजिकै ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुडर–जोरायल सडकमा पानी बोक्ने से १ क २१ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा जोरायल गाउँपालिका–२ छतिवन बुडरका ४२ बर्षिय तारा ऐरको मृत्यु भएको हो ।
बिहिबार राती करिब ११ बजे तिर दुर्घटना भएको भए पनि शुक्रबार बिहान मात्रै स्थानीयले जानकारी भएका पत्रकार शिव ओलीले बताए ।  बुडरबाट छतिवन घरमा जानका लागी ट्याङ्करमा सवार ऐर बिद्युत प्राधिकरणको कार्यालय नजिकै ट्याङ्कर दुर्घटना हुँदा मृत्यु भएको हो । चालक नबिन ऐर भने फराहर रहेका छन् । घटनास्थलबा अहिले शव उठाउने तयारी भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1365