नेपाल र युएईबीचको खेल आज

सेयर गरौं

काठमाडौँ । चारदेशीय टी–२० सिरिज अन्तर्गत नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले सिरिजको दोस्रो खेलमा यूएईसँग खेल्ने लागेको हो । अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको खेल पौने १२ बजे बजे सुरु हुनेछ ।

नेपाल यूएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेल नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । यूएई विरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एकमा हार व्यहोरेको छ । तर, आज बलियो टोलीविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन । नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्ने । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपालले फेब्रुअरी १८ ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1362