१९ आश्विन २०८१, शनिबार
बैतडीको सिगासमा पाँच वर्षको अवधिमा उल्लेखनीय विकास भयो : गाउँपालिका अध्यक्ष धामी
राजेन्द्र सिंह साउद / बैतडी , माघ २९
भौगोलिक रूपमा सबैभन्दा विकट गाउँपालिका को रुपमा चिनिने सिगास गाउँपालिकामा उल्लेखनीय विकास भएको गाउँपालिका अध्यक्ष हरि सिहं धामीले बताउनुभएको छ ।
शुक्रबार गाउँपालिका को आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले गरेका कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा सिगास गाउँपालिका अध्यक्ष हरि सिहं धामीले यस्तो बताएका हुन् ।
विगत ५ बर्षको समयमा गाउँपालिकालाइ सुगम बनाउन ठूलो प्रयासले विकास नभएको गाउँपालिकालाइ विकास तिर उन्मुख, आफ्नै गाउँपालिकाको प्रशासनिक भवन बाट सेवा दिन सफल भएको एवम् आफ्नै सभाहल बाट सभासम्मेल गर्न सफल भएको बताउनु भयाे ।
सिगास गाउँपालिका हरेक कर्मचारी र अध्यक्ष उपाध्यक्षले भाडामा नबसी छुट्टै क्वाटर बनाउन सफल भएको, पानीको कुनै सम्भावना नभएको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सोलार लिफ्ट मार्फत खानेपानी पुर्याउन सफल, ९ वटै वडामा सडक सञ्जाल बिस्तार, बिजुलीको पहुँच नपुगेको सिगासका केही वडामा विधुत लाईन बिस्तार गर्न सफल भएको उहाँले बताउनु भएको छ । साथै केही समयपछि सिगास गाउँपालिका ले विधुत सेवा पाउने उहाँले बताउनुभयो।
साना तिना कामहरु धेरै गरेको सिगास गाउँपालिका ले शैक्षिक सुधार गर्न विभिन्न विधालयमा भौतिक संरचना, स्वयम्सेवक शिक्षक नियुक्त, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सँगै सहकार्य गर्दै भौतिक संरचना निर्माणमा उल्लेखित प्रगति भएको उहाँले बताउनुभयो ।
खेलकुद क्षेत्रमा उल्लेखनीय विकास गर्न नसके पनि प्रत्येक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको र खेलको क्षेत्रमा पनि अतुलनिय विकास गर्न सफल भएको उहाँको भनाइ थियो ।
विगत ५ बर्षको कार्यकाल अबधिलाइ विभिन्न चुनौतीपूर्ण कुराको सामना गरि अगाडि बढेको बताउँदै गाउँपालिका अध्यक्ष धामीले सबै वडाका जनप्रतिनिधिले पनि सिगास गाउँपालिकाको विकासमा उल्लेखित प्रगति गर्न सहयोग गरेको बताउँदै उच्च प्रशंसा समेत गरेका छन् ।
वितेको ५ वर्ष आफ्नोे र जनताको लागि अविस्मरणीय पल रहेको भन्दै अब आउने स्थानीय तह निर्वाचन पछि आउने जनप्रतिनिधिलाइ असहज नहुने पनि उहाँले बताए ।
गाउँपालिकाको आयस्रोत एकदमै कमजोर रहेको भएपनि संघीय सरकारले प्रदान गरो बजेट मार्फत गाउँपालिका को अतुलनीय विकास हुनु गर्वको कुरा भएको पनि बताएका छन् ।
केही टोल ठाउँमा बाहेक हरेक वडामा खानेपानी पुर्याएको, प्रधानमन्त्री रोजगार कार्यक्रम संगै सहकार्य गर्दै घोरेटो बाटो निर्माण, पुल नभएका ठाउँमा पुल पुलेसा , स्वास्थ्य, शिक्षा, भौतिक संरचना निर्माण लगायतका उल्लेखनीय कार्य गरेको उहाँले बताउनुभएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले बिभिन्न चुनौतीको सामना गर्दै आफूले मात्र यति धेरै विकास गर्न सफल नभएको भन्दै सम्पूर्ण वडाका जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी र आम जनसमुदायको साथ सहयोगले सफल भएको बताएका छन् ।
साथै सिगास बासिको चाहना अनुसार आफुले चुनाव जितेको समय अभावका कारण आफूले केहि गर्नु पर्ने बाँकी भएकाले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा एक चोटी पुन: चुनाव समेत लड्ने र आफुले गर्नुपर्ने केहि अधुरा कार्य पूरा गर्ने घोषणा समेत गरेका छन ।